दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माबि मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा भएका छन् ।
बिहीबार बिहान मतदान सुरु भएपछि विवाद हुँदा ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए ।
३ सय मत खसेपछि मतदानस्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो । उक्त मतदानस्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।
२१ फाल्गुण २०८२, बिहिबार ०५:११ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com