मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम अग्रस्थानमा रहेका छन्। उनले हालसम्म २३,४८४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रोमेश राना मगर ले ५,०८२ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले ४,५७६ मत ल्याएकी छन्।
त्यसैगरी उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा ले ४,१५८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह ले २,८६८ मत र नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम ले १,९६२ मत प्राप्त गरेका छन्।
हालको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौतमले अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरसहित अग्रता कायम गरेका छन्। मतगणना भने अझै जारी रहेको छ।
२३ फाल्गुण २०८२, शनिवार ०३:५३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com