मकवानपुर । मकवानपुर जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य सुरु भएको छ ।
प्रत्यक्षतर्फको दुबै क्षेत्रको मतगणना सम्पन्न भएलगत्तै आइतबार दिउँसोदेखि समानुपातिकतर्फको मत गन्न थालिएको हो । जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना कार्य सुरु गरिएको बागमती प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
२४ फाल्गुण २०८२, आईतबार ०४:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com