हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश गौतमले अग्रता कायम गरेका छन्।
हालसम्म गणना भएको १४ हजार मतमध्ये गौतमले ८ हजार ९४६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले १ हजार ७२५ मतसहित दोस्रो स्थानमा रहेकी छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले १ हजार ५१४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले ५०७ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेकोमध्ये ८१ हजार ३१० मत गणना हुन बाँकी रहेको जनाइएको छ।
२२ फाल्गुण २०८२, शुक्रबार १०:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com