दमक । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र (बालेन) शाहले ५ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।
९ हजार हाराहारी मत गणना हुँदा बालेन शाहले ६ हजार ५५१ मतसहित अग्रता लिएका छन् ।
एमाले अध्यक्ष ओली एक हजार ४२८ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ ३८१ मतसहित तेस्रो स्थानमा छन् ।
नेपाली कांग्रेसकी मंधरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ०४:५३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com