हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो १ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३ सय ७६, पुरुष एकलाख ६१ हजार ९ सय ५३ पुरुष र पाँच जना अन्य मतदाता छन् ।
१०२ वटा वडा रहेको जिल्लामा रहेका १६७ मतदान स्थलका ३ सय ७४ मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जसका लागि विभिन्न स्थानमा मतदान केन्द्र व्यवस्था गरिएको छ ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको छ । बाँकी मतदातालाई पनि आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com