gcrajesh8@gmail.com

टिकटकर रतन कार्की चितवन प्रहरीकाे नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार, कार्कीले प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा विभिन्न उम्मेदवारको प्रचारसम्बन्धी भिडियो पोष्ट गरेपछि उनी पक्राउ परेका हुन्।

टिकटकर कार्की जापानमा बस्दै आएका थिए। केही दिनयता उनी नेपाल फर्केर चुनावी माहोल समेटेर भिडियो तयार गरी टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए।

प्रतिक्रिया