gcrajesh8@gmail.com

रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने किशोर पक्राउ

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्काको नाममा भोट हाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । बिहीबार राजपुर नगरपालिका–९ बौरिया बस्ने १८ वर्षीय अरजे हयातलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अनाथालय मतदान स्थलमा उनले महमद आसिकको नाममा भोट हाल्न भनेर लाइन बसेका थिए । इन्स्पेक्टर देवी राम भण्डारी नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अर्काको नाममा भोट हाल्न लाइन बसेको अवस्थामा भेटिएका नुजमा बेगम अचेत भएपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ ।  


प्रतिक्रिया