gcrajesh8@gmail.com

प्रतिनिधीसभा सदस्य निर्वाचन: मकवानपुरमा सम्पूर्ण तयारी पूरा

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।

मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

मकवानपुर जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवि माध्यमिक बिद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको छ ।

मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।

मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए ।

दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ । मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारी साधनको समेत व्यवस्था भइसकेको छ ।

मकवानपुरका बिकट गाउँबाट मतपेटिकाहरु ल्याइपुग्नका लागि मतदान सकिएको चार घण्टा सम्म पनि लाग्ने छ ।

प्रतिक्रिया