gcrajesh8@gmail.com

अचेत अवस्थामा फेला परेका राक्सिराङका प्रजाको मृत्यु

मकवानपुर ।  चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ आँपटारीमा कोठाभित्र अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–६ निवासी ५६ वर्षीय वर्मा लाल प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो १ बजेर ३० मिनेटको समयमा इन्द्रेणीटोल बस्दै आएका प्रजा आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा दिउँसो ३ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया