gcrajesh8@gmail.com

चितवन-३ मा पनि रास्वपा अग्रस्थानमा

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अग्रस्थानमा रहेकी छन्।

शुक्रबार बिहान ४ः४५ बजेसम्मको मतपरिणामअनुसार गौतमले ९२५ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार शंकरराज थपलियाले २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया