gcrajesh8@gmail.com

अनुमति बिना उडेपछि बालेन चढेको हेलिकोप्टर फर्काइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगबाट अनुमति नलिई हेलिकोप्टर प्रयोग गरेको खुलेको छ । आवश्यक अनुमति बिना उडान गरेपछि उनले चढेको हेलिकोप्टर फर्काइएको स्रोतले जनाएको छ ।

शाह काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकोप्टरमार्फत झापा जाने क्रममा थिए । तर अनुमति सम्बन्धी प्रक्रिया पूरा नभएको देखिएपछि हेलिकोप्टरलाई झापामा अवतरण गर्न नदिई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको बताइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार निर्वाचन अवधिमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । सो अनुमति नलिएको देखिएपछि हेलिकोप्टरलाई ल्यान्ड गर्न नदिई फर्काइएको हो ।

स्रोतका अनुसार निर्वाचन आयोगको अनुमति नभएकै कारण हेलिकोप्टरलाई पुनः काठमाडौँ फर्काइएको हो ।

प्रतिक्रिया