मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा जिल्लाको दुबै क्षेत्रमा पराजित हुने भएपछि नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा घोषणा गर्नुभएको छ । आइतबार बिहान मकवानपुर–२ को नतीजा सार्वजनिक हुँदा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन् भने क्षेत्र नम्बर १ मा पनि रास्वपा जीत नजिक छ ।
‘आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापीरुपमा पार्टीले व्यहोर्नु परेको परिणामको गम्भीर समीक्षा हुनुपर्ने उल्लेख गर्नुहुँदै जिल्ला अध्यक्ष पोखरेलले आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा घोषणा गर्नुभएको हो । पार्टीको तल्लो तहदेखि नेतृत्वसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले पार्टी अध्यक्षदेखि महासचिव लगायतले पराजयको जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठन गर्नुपर्ने स्पष्ट पार्नुभएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com