मिनाब । इरानको दक्षिणी सहर मिनाबमा गत शनिबार एउटा विद्यालयमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थी र शिक्षकहरूको सामूहिक अन्त्येष्टि गरिएको छ। इरानको सैन्य अखडा र नेतृत्वलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध प्रहारका क्रममा उक्त विद्यालयमा पनि क्षति पुगेको बताइएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा १६० भन्दा बढीको ज्यान गएको छ। मिनाबमा रहेको उक्त विद्यालय इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को सैन्य शिविरबाट करिब ६०० मिटरको दूरीमा अवस्थित थियो। शनिबार इरानमा कार्यदिन हुने भएकाले विद्यालयमा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको समयमा तीनवटा क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारेको दाबी गरिएको छ।
२० फाल्गुण २०८२, बुधबार १०:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com