gcrajesh8@gmail.com

अघि लागे हर्क साम्पाङ

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई झन्डै एक हजार मतले अघि बढेका छन् । 

हालसम्मको सार्वजनिक परिणाम अनुसार धरानका पूर्व प्रमुख समेत रहेका राईले ६ हजार २७९ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले ५ हजार ३३३ मत ल्याउँदै पछ्याइरहेकी छिन् । 

तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई रहेका छन् । उनले १ हजार ३६३ मत ल्याउँदा एमालेका उम्मेदवार टिकाराम लिम्बूले १ हजार १०२ र काँग्रेसका सुजेन्द्र तामाङले ९८५ मत ल्याएका छन् ।

यो क्षेत्रको प्रारम्भिक मतगणनामा भने श्रम संस्कृतिका अध्यक्ष राईलाई रास्वपाकी तामाङले उछिन्दै आएकी थिइन् ।

प्रतिक्रिया