gcrajesh8@gmail.com

समानुपातिक मतगणना केन्द्रमा प्रतिनिधि खटाउन प्रलोपाको निर्देशन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु भएसँगै देशभरका सबै मतगणना केन्द्रमा पार्टीका प्रतिनिधि अनिवार्य रूपमा खटाउन निर्देशन दिएको छ।

पार्टी अध्यक्ष सन्तोष परियारले परिपत्र जारी गर्दै पार्टीका सबै जिम्मेवार नेतृत्व तथा संरचनालाई सम्बन्धित मतगणना केन्द्रमा कम्तीमा एक जना प्रतिनिधि खटाउन आग्रह गरेका हुन्। साथै, समानुपातिकतर्फ भइरहेको मतगणनाको सम्पूर्ण विवरण पार्टी केन्द्रमा नियमित रूपमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

अध्यक्ष परियारद्वारा जारी परिपत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याएकोमा नेपाल सरकार तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत व्यक्त गरिएको छ। चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाका लागि सकारात्मक रहेको उनले उल्लेख गरेका छन्।

समानुपातिकतर्फ प्राप्त मत सुरक्षित राख्ने उद्देश्यले पार्टीले देशभरका मतगणना केन्द्रमा सक्रिय सहभागिता जनाउने स्पष्ट पारेको छ।

प्रतिक्रिया