मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सम्पन्न मतदानका क्रममा मकवानपुरमा १०२ वर्षका ज्येष्ठ नागरिकले समेत आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
हेटौँडा–६ निवासी टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो सहभागिता जनाएका हुन् । उनले हेटौँडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उच्च उमेर हुँदाहुँदै पनि मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गरेपछि स्थानीयले उनको उत्साहको प्रशंसा गरेका छन्
२१ फाल्गुण २०८२, बिहिबार ११:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com