gcrajesh8@gmail.com

प्रतिनिधिसभा चुनाव : रास्वपा बलियो, काँग्रेस र एमाले पछाडि

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रस्थानमा देखिएको छ। हालसम्म रास्वपाले २५ स्थानमा जित हासिल गरिसकेको छ भने थप ९१ स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै नेपाली काँग्रेसले हालसम्म ५ स्थानमा जित हात पारेको छ भने ९ स्थानमा अग्रता बनाएको छ। नेकपा (एमाले)ले १ स्थानमा जित निकाल्दा १२ स्थानमा अग्रता कायम गरेको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीले २ स्थानमा जित हासिल गरेको छ भने १० स्थानमा अगाडि रहेको छ। श्रम संस्कृती पार्टीले हालसम्म कुनै पनि स्थानमा जित हासिल गर्न नसके पनि ५ स्थानमा अग्रता कायम गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने १ स्थानमा अग्रस्थानमा रहेको छ।

यता स्वतन्त्र उम्मेदवारतर्फ महावीर पुनले १ स्थानमा विजयी हासिल गरेका छन्।

देशभर विभिन्न स्थानमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै  बाँकी रहेकोछ।

प्रतिक्रिया