gcrajesh8@gmail.com

कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्र रास्वपाको अग्रता

धनगढी । कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ। कञ्चनपुरको क्षेत्र नम्बर २ मा दीपक बोहरा जति नजिक पुग्दैछन्। क्षेत्र नम्बर ३ मा पनि ज्ञानेन्द्रसिंह महतो अगाडी छन्, यस्तै क्षेत्र नम्बर १ मा पनि जनकसिंह धामी अगाडि छन्।

यस्तै कैलालीको क्षेत्र नम्बर ५ मा आन्नद चन्दको अग्रता छ। क्षेत्र नम्बर ४ खेमराज कोइराला, क्षेत्र नम्बर १ मा कोमल ज्ञवालीको सुरुवातीकै अग्रता अहिलेसम्म कायम राखेका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा पनि जगतप्रसा जोशीले अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा केपी खनाल केहि सुरुमा केहि पछाडि अहिले भने अग्रता लिइरहेका छन्।

पहाडी जिल्ला डडेलधुराका डाक्टर ताराप्रसाद जोशी र  बैतडीमा हरिमोहन भण्डारीले सुरुवाती चरणदेखि अग्रता लिइरहेका छन् । 


प्रतिक्रिया