दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा दिनभर तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले पुनः मतदान सुरु भएको छ ।
मतदान केन्द्रमा पार्टीका एजेन्ट (बुथ एजेन्ट) बस्ने स्थानलाई लिएर विवाद भएपछि स्थिति तनावग्रस्त बनेको थियो । सो क्रममा मतदानमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयाससमेत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार अहिले माइकिङ गरेर मतदातालाई पुनः मतदान केन्द्रमा बोलाइएको छ र मतदान प्रक्रिया फेरि सुरु गरिएको छ ।
उनले मतदानको समयबारे स्पष्ट पार्दै साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका सबै मतदाताले मतदान गर्न पाउने बताए । “५ बजेसम्म भित्र छिर्नु भएका मतदाताले मतदान गर्नुहुन्छ, सोही मत निर्णायक हुन्छ,” उनले भने ।
यसैबीच एक पक्षले मतदान बहिष्कार गरेको भन्ने चर्चा पनि भए पनि त्यसबारे आधिकारिक जानकारी नभएको सहायक सीडीओ आलेले बताए । उनले मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले भने मतदान गर्ने प्रक्रिया जारी रहने स्पष्ट पारे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com