gcrajesh8@gmail.com

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम गरेका छन्।

हालसम्म गणना भएको ११ हजार ८९७ मतमध्ये उप्रेतीले ४ हजार ३६६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। नेपाली काँग्रेसका बुद्ध लामा २ हजार २०७ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका महेश कुमार बर्तौलाले १ हजार ९५० मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १ हजार ९११ मत ल्याएका छन्।

यस क्षेत्रमा कुल ९२ हजार २४१ मत खसेकोमध्ये ७९ हजार ३४४ मत गणना हुन बाँकी रहेको छ।

प्रतिक्रिया