gcrajesh8@gmail.com

दोलखाको मालुमा विवादपछि मतदान स्थगित

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको छ । मतदानका क्रममा भएको भनिएको विवादले स्थिति तनावपूर्ण बनेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

मतदानमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ । त्यसपछि केही समय नाराबाजीसमेत भएको बताइएको छ ।

घटनापछि अवस्था सामान्य बनाउन सर्वदलीय बैठक बोलाइएको छ । बैठकमार्फत स्थिति समाधान गरी पुनः मतदान सुरु गर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ ।

प्रतिक्रिया