मकवानपुर । प्रतिनिधिसभा निर्वाचनमा भोट दिन काठमाडौँ उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिएका छन्।
गृहजिल्ला पुगेर मतदान गर्न यो संख्यामा सर्वसाधारण काठमाडौँ छाडेर घर गएका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बुधबार दिउँसोसम्ममा सात लाख ९० हजार व्यक्तिले उपत्यका छाडेको जानकारी दिए।
‘हिजोसम्म ७ लाख ५० हजार व्यक्तिले उपत्यका छाडेका थिए। मतदान गर्ने प्रयोजनका लागि आज थप ४० हजारले उपत्यका छाडेका छन्’, प्रवक्ता सुवेदीले थाहाखबरसँग भने, ‘फागुन १ गतेदेखि आज दिउँसोसम्ममा ७ लाख ९० हजार जना उपत्यका छाडेर आ-आफ्नो गृह जिल्ला गएका छन्।’
बिहीबार देशैभर एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुँदै छ। ‘जेनजी’ आन्दोलनपछिको यो निर्वाचन भएकाले सबैले चासोको रूपमा हेरेका छन्।
विदेशमा बस्ने अधिकांश नेपाली नागरिकले समेत भोट हाल्ने प्रयोजनका लागि नेपाल आइसकेका छन्।
सरकारले पनि सम्पूर्ण निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com