gcrajesh8@gmail.com

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद्को बैठक, दिउँसो ३ बजे बस्ने

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। बुधबार दिउँसो ३ बजे बस्नेगरी उनले परिषद्को बैठक बोलाएकी हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।

प्रतिक्रिया