gcrajesh8@gmail.com

गोरखा-१ को मतगणना सुरु

 गोरखा । गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भइसकेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सो क्षेत्रको २३ मतदान केन्द्रका मतपेटिका ढुवानी गरिएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए ।

‘हिजो ९ वटा मतादन केन्द्रको मतपेटिका ढुवानी भयो,’ उनले भने, ‘बाँकी आज ल्याइयो ।’ जिल्ला समन्वय समितिको भवनमा मतगणना थालिएको उनले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार गोरखा–१ मा ६४ हजार ५ मत खसेको छ । कुल मतदाता संख्या भने १ लाख २० हजार ५२५ छन् ।

सो क्षेत्रमा कांग्रेसबाट प्रेम खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने र रास्वपाबाट सुधन गुरुङ उम्मेदवार छन् ।

प्रतिक्रिया