बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मतगणना जारी छ । सुरुवाती मतगणनामा रास्वपाका शोम शर्माले अग्रता लिएका छन् । शर्माले ४१६ मत ल्याएका छन् भने कांग्रेसका टेकराज पौडेलले २७७ मत, नेकपाबाट ज्ञामनाथ गैरे अनिलले १३६ मत र नेकपा एमालेकी मञ्जु शर्माले ४९ मत ल्याएका छन् ।
४९ मतदान स्थलको छुट्टाछुट्टै मतपरिणम आउनेगरी गणना भइरहेको र दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङको कुथाप्लोमा मतगणना भइरहेको छ ।
दुई नम्बर क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपाबाट ज्ञामनाथ गैरे अनिल, नेकपा एमालेकी मञ्जु शर्मा, रास्वपाका सोम शर्मा, राप्रपाका अञ्चल शाही उम्मेदवार छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ०१:५२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com