gcrajesh8@gmail.com

मनाङमा हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने, शुक्रबार सदरमुकाम ल्याइने

पोखरा । हिमालपारीको जिल्ला मनाङको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ । भौगोलिक रूपमा विकट नार्पा भूमि गाउँपालिकाका मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउन लागिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

मतदान सकिए लगत्तै आजै हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने योजना भए पनि हेलिकप्टर उपलब्ध नहुँदा भोलि बिहान मात्र ल्याइने भएको हो ।

‘हेलिकप्टर यतै भएको भए आजै सम्भव हुन्थ्यो, बुटवलतिर भएकाले अब भोलि बिहान मात्रै मतपेटिका ल्याउन सकिने भयो,’ उनले भने ।

नार्पा भूमिको मतपेटिका २ पटक हेलिकोप्टर उडाइने छ । सुगम क्षेत्र र सडक पहुँच भएका तल्लो तथा माथिल्लो भेगका मतपेटिकाहरू भने गाडीमार्फत आज राति ९ बजेसम्म सदरमुकाम ल्याउने तयारी छ । 

प्रतिक्रिया