काठमाडौं । शनिबार बिहान १०:४५ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ ।
यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले २ स्थानमा जित र १० स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा २ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि छ ।
यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएको थियो । निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा रास्वपाको पक्षमा लहर देखिएको छ ।
२३ फाल्गुण २०८२, शनिवार ११:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com