gcrajesh8@gmail.com

तीन हजार २८३ मत गणना हुन बाँकी रहँदा प्रचण्डले कति मत पाए ?

रुकुमपूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय निश्चित भएको छ । १९ हजार १०६ मत खसेकोमा प्रचण्डले ८ हजार ७४७ मत सहित अग्रता कायमै रहेका छन् । 

दोस्रो स्थानमा एमालेका लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसका कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार तीन हजार २८३ मत गन्न बाँकी छ । प्रचण्ड र गौतमबिच ५ हजार ७३० रहेको छ ।


प्रतिक्रिया