मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मकवानपुर जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ । बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर लाइनमा उभिँदै आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् भने जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको छ । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै स्थानीय तहका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भीड देखिएको छ । केही केन्द्रहरूमा त मतदाताको लामो लाइन नै लागेको दृश्यले निर्वाचनप्रति नागरिकको उत्साह र चासो प्रस्ट देखाएको छ ।
जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीको संयुक्त टोली मतदान केन्द्र र आसपासका क्षेत्रमा परिचालित छन् । यसका साथै मतदान केन्द्रमा आवश्यक कर्मचारी, सामग्री र व्यवस्थापन मिलाइएकाले मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com