कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कञ्चनपुर क्षेत्र नम्बर–३ मा ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरालाई १७ हजार६७५ मतान्तरले पछि पार्दै महता निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार महताले २७ हजार ११८ मत पाएका छन् । उनका निकटतम प्रतिद्ववन्दी कांग्रेसका बोहराले ९ हजार ४४३ मत ल्याए ।
नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट ७ हजार ५७५ मत सहित तेस्रो स्थानमा सिमित भएका छन् । २०७९को निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका रमेश लेखक निर्वाचित भएका थिए ।
२३ फाल्गुण २०८२, शनिवार १०:३० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com