gcrajesh8@gmail.com

मोरङमा ५२ प्रतिशत मतदान

विराटनगर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान भएको छ । 

जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ६ हजार ७ सय १५ मत खसेको छ ।

मोरङमा कुल ७ लाख ३५ हजार ५० मतदाता रहेका छन् । खसेको कुल मतमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ९ हजार ४९ महिला, १ लाख ९७ हजार ६ सय ६६ पुरुष र २ अन्य मतदाताले मतदान गरेका छन् ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी मतदान क्षेत्र नं- ५ मा ५८.४२ प्रतिशत भएको छ भने सबैभन्दा कम क्षेत्र नं- २ मा ४४.६० प्रतिशत मतदान भएको छ ।

क्षेत्र नं- १ः यस क्षेत्रमा ५२.।१६ प्रतिशत (६७,०४९ मत) खसेको छ ।

क्षेत्र नं- २ः यहाँ ४४।६० प्रतिशत (५६,३९६ मत) खसेको छ ।

क्षेत्र नं- ३ः यस क्षेत्रमा ४५.८८ प्रतिशत (७२,५१४ मत) मतदान भएको छ ।

क्षेत्र नं- ४ः यहाँ ५७.४९ प्रतिशत (६८,५६० मत) खसेको छ ।

क्षेत्र नं- ५ः सबैभन्दा बढी ५८.४२ प्रतिशत (६४,३६६ मत) यसै क्षेत्रमा खसेको छ ।

क्षेत्र नं- ६ः यस क्षेत्रमा ५६.४७ प्रतिशत (७७,८३० मत) मतदान भएको छ ।

जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको बुझिएको छ । ४ बजेपछिको समयमा पनि मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति रहेकाले अन्तिम प्रतिशत अझै बढ्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया