काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजधानी काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ऐतिहासिक क्लिनस्वीप गरेको छ।
२०७९ सालको निर्वाचनमा काठमाडौँका १० मध्ये ४ क्षेत्रमा जित हासिल गरेको रास्वपाले यसपटक ती जितलाई कायम राख्दै थप ६ क्षेत्रमा पनि विजय हासिल गर्दै सबै क्षेत्रमा आफ्नो प्रभाव स्थापित गरेको हो।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।
२०७९ को निर्वाचनमा रास्वपाबाट काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका थिए। यसपटक तीन जना पुरानै सांसद दोहोरिएका छन् भने काठमाडौँ–२ बाट यसअघि निर्वाचित सोविता गौतम अहिले चितवन–३ बाट उम्मेदवार बनेकी छन्।
मतपरिणामअनुसार काठमाडौँ–१ मा रञ्जु दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे।
काठमाडौँ–२ मा सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भए भने कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत पाए।
काठमाडौँ–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी हुँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे।
काठमाडौँ–४ मा पुकार बमले २९ हजार २४२ मत ल्याउँदै जीत हात पार्दा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत पाए।
काठमाडौँ–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भए भने कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए।
काठमाडौँ–६ मा शिशिर खनाल २७ हजार ७१९ मतसहित पुनः निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे।
काठमाडौँ–७ मा गणेश पराजुलीले २७ हजार ८०५ मत ल्याउँदै जीत हासिल गर्दा कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत पाए।
काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भए भने नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ मत पाए।
काठमाडौँ–९ मा डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भए भने कांग्रेसकी नानुमैयाँ बास्तोलाले ५ हजार ४६० मत ल्याइन्।
काठमाडौँ–१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी हुँदा कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत प्राप्त गरे।
यससँगै राजधानीका सबै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै उल्लेखनीय राजनीतिक सफलता प्राप्त गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com