मकवानपुर । मकवानपुरको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर क्षेत्र न १ मा नेकपा एमालेका रामेश्वर राना, नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना), नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम , राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ २३ जना उम्मेदवार मैदानमा छन् ।
त्यसैगरि मकवानपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश कुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्ट , राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर थोकर प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ २१ जना उम्मेदवार मैदानमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com