gcrajesh8@gmail.com

गण्डकीमा रास्वपाले जित्यो १२ सिट, कांग्रेस २, एमाले शून्य

पोखरा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट हालसम्म गण्डकीमा १२ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षित गरिसकेको छ । गणना भैरहेका बाँकी ३ सिटमा पनि रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । २ वटा सिटमा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले यसपालि शून्य भएको छ । 

रास्वपाले कास्कीका ३ सिट, तनहुँका २ सिट, बागलुङका २ सिट, नवलपुरका २ सिट, पर्वत, लमजुङ र स्याङ्जा १ मा जित निकालेको हो । म्याग्दीमा पनि रास्वपाका समर्थनमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए । हिमाली जिल्ला मनाङ र मुस्ताङमा चाहिँ कांग्रेस विजयी भएको छ । 

कास्की १ मा खडकराज पौडेल, २ मा उत्तम पौडेल र ३ मा विनाकुमारी गुरुङले विजयी हासिल गरेका छन् । लमजुङमा धर्मराज केसी विजयी भएका छन् । तनहुँ १ मा डा स्वर्णिम वाग्ले र २ मा श्रीराम न्यौपाने विजयी भए । बागलुङमा सुशील खड्का र सोम शर्मा विजयी भए भने पर्वतमा सागर भुसाल विजयी भए । स्याङ्जा १ मा डा धनञ्जय रेग्मी विजयी भए । नवलपुर १ मा राजन गौतम र २ मा मनिष खनाल विजयी भएका छन् ।

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन विजयी भएका छन् । गोरखाको दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन् । १ मा सुधन गुरुङ र २ मा कविन्द्र बुर्लाकोटीले अग्रता लिइरहेका छन् । स्याङ्जा २ मा पनि रास्वपाका झविलाल डुम्रेको अग्रता छ ।


प्रतिक्रिया