gcrajesh8@gmail.com

दोलखामा हवाई फायर

दोलखा । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।

‘निर्वाचनमा  खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।

दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।


प्रतिक्रिया