काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ६ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले फराकिलो अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार खनालले २ हजार २ सय ३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण बानियाँ क्षेत्रीले ६ सय मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार अमनकुमार मास्केले ३६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिमाल शर्माले १०९ मत प्राप्त गरेका छन्।
२२ फाल्गुण २०८२, शुक्रबार ०७:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com