मकवानपुर । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
२० फाल्गुण २०८२, बुधबार ११:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com