मकवानपुर । कैलालीमा धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा दुईपक्षबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।
हिजो साँझ विवादले उग्ररुप लिएर झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको हो। होली मनाउने क्रममा दुई टोलका युवाबीच उत्पन्न विवाद समान्य बनाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको थियो। त्यस क्रममा असई डबल साउद घाइते भएका छन्। उनकोे टाउकामा चोट लागेको छ। उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पु¥याएका छन्।
दुई टोलका युवाबीच पुरानो रिसइबीको निहुँमा हिजो साँझ होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको स्थानीयको भनाइ छ। झडपका क्रममा स्थानिय कालुराना थारु घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com